‘डा. केसीका जागज र जनपक्षीय मागहरू प्रति असहमति किन ?’

सोमवार, असार १८, २०७५



काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद वडुले डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा वडुले जागज र जनपक्षीय मागहरू प्रति वर्तमान समाजवाद उन्मुख सरकारको असहमति किन भनि प्रश्न समेत गरे ।

‘डा. गोविन्द केसीको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनु र काठमाडौँ उपत्यका बाहिर पनि उक्त सेवा सर्वसुलभ बनाउनु पर्ने अत्यन्त जागज र जनपक्षीय मागहरू प्रति वर्तमान समाजवाद उन्मुख सरकारको असहमति हुनुपर्ने स्पष्ट कारण सरकारलाई चाहियो ?’ उनले भने ‘नेपाली कांग्रेस नेतृत्वको विगतको सरकारले ल्याएको अध्यादेश अनुरुपको विधेयक संसदमा यथाशिघ्र पेश गरी डा. केसीको वर्तमान अनसनलाई पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

देव गुरुङ, पूर्णकुमारी सुवेदी, पुष्पा भुसाल, निरु पाल, पवित्रा निरौला खरेल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, दुर्गाबहादु्र रावल, ध्रुवकुमार शाही, नमिताकुमारी चौधरी, पार्वती कुमारी विशुंकेलगायतले विषयगत र क्षेत्रगत समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank