चिकित्सा शिक्षा विधेयकमा सांसदबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक स्थगित

आइतवार, असार १७, २०७५



काठमाडौं । प्रतिनिसभाको आईतबारको बसेको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सांसदहरुबीच कुरा नमिल्दा बैठक स्थगीत भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नियम निलम्बन गरि चिकित्सा शिक्षा बिधेयक अगाडी बढाउन लागेको भन्दै चेतावनी दिए पछि बैठक भोली सम्मका लागि स्थगित गरिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

संसदको पहिलो बैठकमा भने सांसदहरले शुन्य र विषेश समयमा बोल्दै समसायिक बिषयमाा सदन तथा सरकारको ध्यानकार्षण गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि नबढाई बैठक आजै बस्ने गरि आधा घण्टाका लागि स्थगित गरेका थिए ।

स्थगित बैठक बस्दै नबसी सुचना टाँस गरि सोमबार विहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । त्यस्तै राष्ट्रिय सभाको आज १ बजे बोलाएको बैठक पनि साँझ ५ सम्मका लागि सारिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना प्रेस सल्लाहकार अशोक पौडेलले नेपालपाटी डटकमलाई जानकारि दिएका छन् ।

ssansad

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank