राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

बिहिबार, असार १४, २०७५



काठमाडौँ । प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअअघिको छलफलमा भाग लिँदै सांसद पे्रम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

471 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank