वजेट माथिको छलफल जारी

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडाै‌ । प्रतिनिध सभाको विहिबारको बैठकमा पनि विनियोजन विधेयक, २०७५ को विभिन्न शिर्षकहरु माथिको मन्त्रालयगत छलफल जारी रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षकहरु माथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

वजेट माथिको छलफलमा विपक्षी दलका सांसदहरुले नेपाल टेलीभिजनका लागि आवश्यक भन्दा बढी अनुदान रकम छुट्याइएको भन्दै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण संस्थामा लैजाने कुराको कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । छलफलमा भाग लिंदै सांसदहरुले विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणमा वजेटले ध्यान नदिएको, लक्ष्य अनुसार पर्यटन भित्र्याउने योजना सहित वजेट आउन नसकेको, पर्यटन विकासको नीतिगत विकासको योजनालाई ध्यान नदिइएको आरोप लगाएका छन् ।

उनीहरुले विद्यालयमा खेलकूद अनिवार्य गर्ने, जिल्ला र क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना नआएको, रोजगारीको नाममा विदेशिने युवालाई स्वदेशमा नै रोक्न स्वरोजगारका योजना समेत आउन नसकेको आरोप लगाए ।

कर छली र भ्रष्टाचार न्यूनिकरण हुन नसकेको, बन्द उद्योग कलकारखाना सञ्चालनका लागि उपर्युक्त योजना वजेटमा आउन नसकेको आरोप समेत विपक्षी दलका सांसदहरुले लगाए ।  सत्तापक्षीय दलका सांसदहरुले भने वजेट आर्थिक समृद्धिका लागि विशेष योजना सहित आएको भन्दै त्यसकोे कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै बजेटको समर्थन गरेका छन् ।

उनीहरुले कर्णाली विकास विशेष प्राथमिकतामा परेको बताउँदै विभिन्न ताल तलैया तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकतामा राख्नु पर्ने, कला संस्कृतिको विकास गर्नु पर्ने र पर्यटन क्षेत्र किटान गरी पर्यटन विकासका कार्यक्रम कार्यान्वयनमा जोड दिनु पर्ने बताए । खेलकुद क्षेत्रको विकासका लागि रंगशाला निर्माणमा विशेष प्राथमिकता दिनु पर्ने, साहसिक खेलकुदलाई पर्यटनसँग जोडेर विकास गर्ने खालका योजना बनाई कार्यान्वयनमा लैजानु पर्नेमा उनीहरुको विशेष जोड दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा संसदहरु प्रमिला राई, प्रकाश रसाईली, डा. मिनेन्द्र रिजाल, प्रेम सुवाल, दुर्गा पौडेल लगायतले माथि उल्लेखित तीन मन्त्रालयहरुसँग सम्बन्धित विभिन्न शिर्षकहरु ५ वटा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजका लागि छुट्याइएको ३ मन्त्रालयसँग सम्बन्धित छलफलमा सांसदहरु खगराज अधिकारी, संजयकुमार गौतम, लक्ष्मणलाल कर्ण, छक्क बहादुर लामा, कमला रोक्का, डिला संग्रौला पन्त, मिनबहादुर विश्वकर्मा, हरिनारायण रौनियार, रामबहादुर विष्ट, मोहन बानियाँ, तेजुलाल चौधरी, प्रेम आले लाल बहादुर थापा लगायतले धारणा राखिसकेका छन् भने बाँकी सांसदहरुले धारणा राख्नेक्रम जारी रहेको छ ।

219 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank