माओवादीले कांग्रेसलाई साथ दिएपछि एमालेले अडान छाड्यो

फौजदारी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेको सांसदको पद निलम्बन नगर्ने निर्णय

शनिबार, बैशाख २२, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको अन्तिम तयारीमा छन् । तर, नियमावली बनाउने विषयमा दुवै पार्टीका सांसदहरूको गतिविधि हेर्दा अनौठो छ । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन गर्नुपर्ने पक्षमा एमालेका सांसदहरू रहे ।

कांग्रेस र मधेस केन्द्रित दलका सांसदहरू त्यसको विपक्षमा उभिए । माओवादी केन्द्रका सांसदहरू कहिले एमालेतिर त कहिले कांग्रेस–मधेस केन्द्रित दलतिर ढल्केर विचार राख्दै आए ।

अन्ततः सत्तासहयात्री दल एमालेलाई छाडेर माओवादीका सांसदहरू विपक्षी कांग्रेस–मधेस केन्द्रित दलको कित्तामा पुगेका छन् । माओवादी सांसदले साथ नदिएपछि एमालेको मात्रै बहुमत पुग्ने अवस्था भएन । एमाले सांसदहरूले पनि अडान छाडे । कांग्रेस र मधेस केन्द्रित दलको माग अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको शनिबारको बैठकले फौजदारी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेको सांसदको पद निलम्बन नगर्ने निर्णय गरेको हो ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank