स‌सदको चालू अधिवेशनको अन्त्य

मङ्लबार, चैत्र २०, २०७४



काठमाडाै‌ । संघीय संसदको चालू अधिवेशन आजै राती १२ बजे देखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्य सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै गएको फागुन २१ गते देखि शुरु भएको चालू अधिवेशन अन्तर्गत संचालित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठक आजैबाट अन्त्य भएको घोषणा गरेका छन् ।

अधिवेशन अन्त्यको घोषणा अघि सभामुख कृष्णबहादुर महराले अधिवेशन अवधिभर प्रतिनिधि सभाले गरेको काम कारबाहीको संक्षिप्त जानकारी समेत बैठकलाई गराएका थिए । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २३ देखि २५ गते सम्म गर्ने भनिएको छिमेकी मुलुक भारतको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी समेत गराएका छन् । प्रधानमन्त्री ओलीले तीन दिने आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीचको पारस्परिक लाभ र समानताका आधारमा सम्बन्धलाई थप प्रगाढ बनाउने सदनलाई विश्वास दिलाएका छन् ।

साथै प्रधानमन्त्री ओलीले नेपाल भारतबीच सदियौं देखि चलिआएको बहुआयामिक सम्बन्धलाई अझ थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै छिमेकी मुलुकहरुलाई विकासमा सहयोग गर्न आग्रह गरिने बताएका छन् । उनले भ्रमणका क्रममा कृषिको आधुनिकीकरण, व्यवसायिकरण र अग्र्यानिकीकरण, जल मार्ग, रेल मार्ग, हुलाकी मार्ग विस्तार तथा ऊर्जाको उत्पादन र व्यापारमा सहयोग गर्न भारतसँग आग्रह गरिने पनि स्पष्ट पारे ।

भूकम्प पछिको पुनर्निर्माणमा भारतीय पक्षबाट विगतमा गर्ने भनिएको सहयोगको प्रतिबद्धता तथा विगतमा भएको नेपाल भारतबीचको सन्धि–सम्झौताहरुको कार्यान्वयनको लागि जोड दिंदै आफू नयाँ सम्झौताहरु मात्र गरेर सम्झौताहरुको चाँङ थप्ने पक्षमा नरहेको पनि बताए ।

आफ्नो भ्रमणका क्रममा भारतको कृषि विश्वविद्यालयको अवलोकन, नयाँ दिल्लीस्थित नेपाली समुदायसँग छलफल तथा त्यहाँका नीजि क्षेत्रसँग छलफलको कार्यक्रम रहेको जानकारी दिंदै भारतका नीजि क्षेत्रलाई पनि नेपालमा लगानीका लागि आग्रह गरिने प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

नेपाल भारतबीच रहँदै आएको बढ्दो व्यापारिक घाटा कम गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई तीव्र गति दिने, आतंकवाद नियन्त्रण, मानव तस्करी, अन्तरदेशीय सीमापार अपराध नियन्त्रण लगायत विषयमा छलफल हुने पनि प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएका छन् ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन, अध्यादेश, २०७४’लाई स्वीकृत गरियोस् भनी राखेको प्रस्तावलाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राखेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै बसेको राष्ट्रिय सभाको बैठकलाई समेत सम्बोधन गर्दै आफ्नो आसन्न भारत भ्रमणका विषयमा जानकारी गराएका थिए ।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank