नेपालको नक्सा सम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

मङ्लबार, जेष्ठ २७, २०७७



काठमाडौं । प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक माथि विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

मंगलबार प्रतिनिधि सभामा भएको नक्सासम्बन्धी संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकले सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राखेको प्रस्ताव सैद्धान्तिक छलफलपछि स्वीकृत गरेको हो ।

संविधान संशोधन विधेयकमा संसदमा भएका प्रमुख प्रतिपक्ष दलहरु कांग्रेससहित राजपा र समाजवादी लगायत सबै दलका सांसदले समर्थन जनाएका थिए ।सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक माथि विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments