संसदमा नेपालकाे संविधान दाेस्राे संशोधन विधेयक पेश

आइतवार, जेष्ठ १८, २०७७



काठमाडौं । प्रतिनिधि सभामा नेपालको संविधान संशोधन दोस्रो विधेयक पेश भएको छ ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा कानून मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक पेश गरेकि हुन ।

सरकारले राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेकाे नेपालको नयाँ नक्सामा यस अघि छुटेकाे नेपाली भू-भाग लिपुलेक, लिम्यिाधुरा र कालापानी समेटिएको थियो ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न ल्याइएको हो । संविधान संशोधन विधेयकको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत मतदान गर्न कांग्रेस कार्यसमिति बैठकले कांग्रेस संसदीय दललाई निर्देशन दिइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments