सरकारकाे आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (हेर्नुहोस लाइभ)

शुक्रबार, जेष्ठ २, २०७७



काठमाडौं ।  सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिरहेकी छन । काेराेना महामारीकाे विषम परिस्थितिमा वीर शहिद प्रति भावपुर्ण श्रद्दाञ्जली व्यक्त गरेकी छन । उनले काेराेना महामारीकाे कारण लाखाैंले ज्यान गुमाएकाे र लाखाैं संक्रमित भएकाे बताउँदै उपचार्थ स्वदेश तथा विदेशमा रहेकाहरूकाे स्वास्थ्य लाभकाे कामना गरेकि छन ।

काेभिड १९ ले विश्वभर अार्थिकमन्दी भएकाे बताउँदै अागागमन बन्द भएकाे र लाखाैंकाे राेजगारी गुमेकाे जानकारी दिएकी छिन । मानव जातीलार्इ याे काेराेना कहिल्यै अन्त्य हाेला भन्रे सन्त्रासमा रहेकाे उल्लेख गरेकि छिन ।

उनले कोभिड १९ लगत्तै नेपाल सरकारले लकडाउन अपनाएको र सबैको जीवनरक्षा गर्न सफल भएको जानकारी दिएकी छिन । उनले आगामी दिनमा अझ सर्तकर्ता अपनाउन आव्हान गरेकी छिन । जोखिम पूर्ण परिस्थितीमा काममा खटिरहेको सफाईकर्मी, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारी प्रति आभार व्यक्त गरेकी छिन ।

सरकारले दुई वर्षमै उत्साहपुर्ण कार्य गर्न सफल भएको बताएकि छन । विश्वका १४ वटा सुचकमा उपलब्ध हासिल गरेको र नेपाल निर्मणको बलियो आधार निर्माण भएको जनाएकी छिन । संविधान पूर्ण रुपमा कार्यान्वयन भएको, समाजिक न्याय, मौलिक हक अधिकार सम्बन्धी कानून निर्माण भई कार्यान्वयनमा रहेको बताएकि छन । संघ र प्रदेश र स्थानिय निकायहरुले संरचना निर्माण भई कार्यान्वयनमा रहेको बताएकि छन । संघ, प्रदेश र स्थानिय निकायका प्रशासनिक निकाय कार्यान्वयनमा रहेको राष्ट्रपति भण्डारीले उल्लेख गरेकि छन ।

बन्दाबन्दीको समयमा पनि अत्यावश्यक खाद्यवस्तु औषधी लगायतका वस्तुहरु आयात गरेको र रोजगारी गुमाएका, र गरिब मजदुरहरुलाई राहत उपलब्ध गराएको उल्लेख गरेकि छन ।

प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टर स्थापना गरिनेछन् । एकिकृत एम्बुलेन्स सेवा विस्तार गर्ने ,कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विधाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गरिने  नीति तथा कार्यक्रम सावर्जनिक भएका छन ।

३ सय सैयाँको केन्द्रीय र ५० सैयाँको प्रदेश स्तरीय अत्याधुनिक अस्पताल निर्माण गरिने समेत जनाइएकाे छ ।

भष्टाचार गर्ने जो कसैलाई पनि उन्मुक्ति नदिने कुरा पुष्टि गरेको राष्ट्रपति भण्डारीले उल्लेख गरिके छन । भूपरिवेष्ठित नेपाललाई भूजडित नेपाल बनाउने लक्ष पूरा भएको र तुइन विस्तावित गर्ने सरकारको लक्ष पूरा भएको बताएकि छन ।

मुलकका विभिन्न क्षेत्रमा रहेको खनिज उत्खन, प्रसारण लाइन बढाउने, अन्तराष्ट्रिय विधुत व्यापारका लागि बढाउने, कृषि उत्पादन १० वर्षमा दोब्बर उत्पादन गर्नका लागि कृषिमा लगानी गरेको बताएकी छिन ।

कोभिड महामारीका कारण सरकारका योजना परिवर्तन भएको बताएकि छन । रणनीतिक आधार र तथ्यलाई ध्यान दिदै विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, स्रोत र साधनको परिवर्तन हुने भएकाले अधिकतम आन्तरिक स्रोतको परिचालन गर्ने, अर्थतन्त्रलाई सुदृढ बनाउने स्वास्थ्य, शिक्षा, लैगिक कार्यक्रममा जोड, फजुल खर्च रोक्ने, उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्ने, अन्तराष्ट्रिय बजारमा रोजगारी गुम्ने भएकाले स्वदेशमा लगानीमैत्री वातावरण गर्ने, भष्ट्राचार नियन्त्रण गर्ने, कोभिड १९ महामारी बनाउने मुख्य लक्ष रहेको समेत उल्लेख गरेकि छिन ।

हेर्नुहाेस लाइभ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments