कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूचीबाट हटाइयो

बिहिबार, फाल्गुन २९, २०७६



काठमाडौं । चार महिना अघि कालापानीमा रहेका भारतीय सेना हटाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरिएको थियो ।  बिहिबार प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव मााथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने गरी संभावित कार्यसूची तय भएको थियो । तर, अन्तिममा आएर कार्यसूची फाइनल हुने बेला हटेको हो । सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गरेका थिए।

सांसद रामकुमारी झाँक्री समर्थक रहेको प्रस्ताव बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने संसद् सचिवालयको कार्यसूचीमा भए पनि अन्तिममा आएर संकल्प प्रस्ताव हटाएको छ । गत नोभेम्बर महिनामा भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि चर्को विरोध भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments