प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव पारित गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित भएको हो । बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ । संसद सर्वसम्मतले पारित गरेको प्रस्तावमा भनिएको, ‘यो बैठक सम्माननीय प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण कार्य सफलताका साथ सम्पन्न होस्, भन्ने कामना गर्दछ। साथै उहाँको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ।’

१२ वर्ष अघि मिर्गाैलाले काम गर्न छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा पहिलो पटक मिर्गाेला प्रत्यारोपाण गरिएको थियो । मिर्गाैलाले काम गर्न छोडेपछि नियमित डाइलासिस गर्दै आएका प्रधानमन्त्रीको पहिलाो पटक स्वदेशमै मिर्गााैला प्रत्यारोपण गर्न शुरु गरिएको हो । ओलीको स्वास्थ्य लाभको कामना गर्दै स्वदेश तथा विदेशबाट शुभकामना सन्देश प्राप्त भइरहेका छन । उनको टिचिङ अस्पतालमा आज मिर्गाेला प्रत्यारोपणको काम भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments