संजयलाई अन्टारटिकामा ए.ल.इ को भब्य सम्मान
बिहिबार, पुस २८, २०७३

बिश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच्च शिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मोहडा बाट सफल आरोहण गरेका किर्तीमानी बिश्व पर्वतारोही संजय पण्डित लाइ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले भब्य सम्मान गरेको छ ।
अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडी देखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम द्क्षिण पोलमा जाने जिम्मा ए.ल.इ ले मात्र लिएको छ । सम्मान कार्यक्रममा ए.ल.इ.का प्रबन्ध निर्देशक ओनर एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिएर र अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री पर्दान गर्नु भएको थियो ।
सोही अवसरमा पण्डितले नेपाली भादगाउले टोपी पहराइदिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले प्रदान गरेको सम्पूर्ण नेपाल पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए । साथै पण्डितले ए.ल.इ. का सम्पूर्ण टिम लाई नै सगरमाथा अनि बुद्ध जन्मेको को देशमा आउन पनि निम्ता दिएका थिए । पण्डित लगायतको टोलि मंगलबार नै अन्टारटिका देखि चिली को लागि प्रस्थान गरिसकेको छ ।
तस्विर : बर्न तेजास
162 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments