प्रस्तावित सर्वोच्चका न्यायाधीश र प्रमुख निर्वाचन आयुक्त बिरुद्धका उजुरी खोलिदैं

मङ्लबार, बैशाख ३, २०७६



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख सर्वोच्च अदालतका न्यायाधीश र निर्वाचन आयुक्त बिरुद्ध परेका उजुरी आज सार्वजनिक गर्दैछ । समितिको मंगलबार दिउँसो सिंहदरबारमा बस्ने बैठकले उजुरीहरु सार्वजनिक गर्न लागेको हो ।

संसद सचिवालयका अनुसार प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा छ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै प्रस्तावित पाँच न्यायाधीश विरुद्ध पाँच बटा उजुरी परेका छन् ।

त्यस्तै प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फुँयालविरुद्ध एक उजुरी दर्ता भएको संसदीय सुनुवाई समितिले जनाएको छ । सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध उजुरी परेका छैनन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाविरुद्ध पनि उजुरी परेको छैन । उजुरी सार्वजनिक गरे लगत्तै समितिले अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने संसदीय सुनुवाइ समितिले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank