काठमाडौं उपत्यकाका संग्रहालयमा आज प्रवेश निः शुल्क

शुक्रबार, अशोज ३, २०७६



सरकारले आज काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निः शुल्क प्रवेश दिने भएको छ ।

संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालयमा निः शुल्क प्रवेश गर्न दिने भएको हो ।

सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निः शुल्क गरेको हो ।

सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन संग्रहालयमा निल् शुल्क प्रवेशबारे जानकारी गराएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata