नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा छानिए

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा छानिएका छन् । लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका हुन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

आइसीसीले टुइटरमार्फत लडर्समा खेल खेलाइने जनाएको छ । बंगलादेशका सकिब अल हसन व्यक्तिगत कारणले नखेल्ने भएपछि अाइसीसीले सन्दीपलार्इ मौका दिएको अाइसीसीले उल्लेख गरेकाे छ।

उनको टिममा इयान मोर्गन कप्तानको रुपमा रहनेछन् । त्यस्तै शाहिद अफ्रिदी, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, तमिल इकवाल, दिनेश कार्तिक, थिसारा परेरा, लुक रोन्ची पनि उनको टिममा रहेका छन् ।

अाइसीसीका अनुसार वेष्ट इण्डिजको टोलीमा कार्लोस ब्रेथवेट, क्रिस गेल, स्यामुयल बद्री, इभान लुइस, मार्लोन सामुएल्स तथा अान्द्रे रसेल लगायत हुनेछन् ।

375 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank