आइपीएलमा सहभागी हुन सन्दीप दिल्ली प्रस्थान

मङ्लबार, चैत्र १३, २०७४



काठमाडौँ । विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी हुन सन्दीप लामिछाने दिल्ली उडेका छन् । उनी मंगलबार दिउँसो दिल्ली उडेका हुन् ।
दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको अवसरलार्इ सदुपयोग गर्न सक्दो प्रयास गर्ने बताएका छन् ।

आफ्नो जीवनको ठूलो सपना भनेकै नेपाली राष्ट्रिय टिमबाट खेल्नु भएको बताएका उनले आइपिएलमा आफूमाथि कुनै दबाब नरहेको बताए ।

उनले आइपिएलमा दबाबमुक्त भएर प्रदर्शन गर्ने र टिममा आफू रहनु वा नरहनु ठूलो कुरा नभएको बताए ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank