सन्दीप लामिछानेको क्रिकेट यात्रामा अर्को फड्को

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले क्रिकेट यात्रामा अर्को फड्को मारेका छन् ।  भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्। टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ।

वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका कारण भत्किन पुगेका पाँच वटा रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न उक्त खेल हुन लागेको हो।

नेपालका सत्र वर्षीय लामिछानेसँगै विश्व ११ टोलीमा इङ्ग्ल्यान्डका इओन मोर्गन, पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बाङ्ग्लादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्ड्या, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लिनगन र लुक रोन्ची एवम् श्रीलङ्काका तिसरा परेरा छन्। मोर्गनले टोलीको कप्तानी गर्ने आईसीसीले जनाएको छ।

221 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank