डेब्युमै सन्दीपको उत्कृष्ट प्रदर्शनले दिल्ली पराजीत

आइतवार, बैशाख ३०, २०७५



दिल्ली । इन्डियन प्रिमियर लिग आइपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध शनिबारको खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए। उनले दोस्रो ओभरमा पार्थिव पटेललाइ एलबीडब्लु आउट गरेका थिए। सन्दीपले क्रिकेटका हस्तीहरू विराट कोहली र एबी डी भिलियर्सविरूद्ध पनि बलिङ गरेका थिए।

खेलमा दिल्ली भने ५ विकेटले पराजित भयो। बैंलगोरका लागि एबी डी भिलियर्सले अविजित ७२ रन बनाए भने कप्तान कोहलीले ७० रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

आइपीएलमा डेब्यु गरेका अभिषेक शर्माले पहिलो खेलमै नटआउट ४६ रन बनाए। १९ बल खेलेका उनी ३ चौका र ४ छक्कासहित अविजित रहे। कप्तान श्रेयश अय्यरले ३२ रन जोडे। विजय शंकर २१ रनमा अविजित रहँदा जेसन रोयले १२ रन बनाए।

बलिङतर्फ युजभेन्द्र चहलले २ विकेट लिए। मोहम्मद सिराज र मोइन अलीले १–१ विकेट लिए।

228 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank