सन्धीखर्क बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो !

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । समाचार तयार पार्दासम्म आज अपरान्ह भएको सो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको  प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले बताएका छन् ।

प्रदेश प्रहरी प्रमुख शाहका अनुसार  झण्डै ३५ जना यात्रु बोकेर अर्घाखाँचीको सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको बस सडकबाट करिब चार सय मिटर तल खसेको हो ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । लु२ख २१४८ नम्बरको उक्त बस अर्घाखाँचीको नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा आज अपरान्ह ४ः२० बजे दुर्घटना भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata