सोमपाल र रसिदको रेकर्ड ब्रेकर सन्दिपले गरे रंगशाला निर्माणका लागि ७१ हजार सहयोग

बुधबार, माघ २९, २०७६



काठमाडौं । ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली युवा स्पीनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेल सकिएसँगै उनले रंगशाला निर्माणका लागि करिब ७१ हजार रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । सन्दीपले सिरिजअघि प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए ।

उनले आईसीसी विश्व लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आठ विकेट लिएसँगै एसोसिएटमा आफू नम्वर वान बलर भएको प्रतिक्रिया समेत दिएका छन् ।

सन्दीपले बुधबार आइसीसी क्रिकेट वर्ल्डकप लिग २ मा त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाको ६ विकेट लिएका थिए । यससँगै उनी ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा अफगानिस्तारनका रसिद खान छन् ।

सिरिजमा सन्दीपले ओमानसँगको पहिलो खेलमा विकेट लिन सकेका थिएनन् । त्यस्तै अमेरिकाविरुद्धको दोस्रो खेलमा सन्दीपले २ विकेट लिए । ओमानविरुद्ध भएको तेस्रो खेलमा भने सन्दीपले विकेट लिएनन् । अझ सन्दीप १० ओभर बलिङ गर्दै ६५ रन दिएर महँगो साबित भए । सन्दीपले सिरिजको अन्तिम खेलमा भने ६ विकेट लिए । यसरि उनले ८ विकेट लिएका थिए ।
नेपालका लागि यसअघि एकै खेलमा धेरै विकेट लिने खेलाडी सोमपाल कामी थिए । उनले गतवर्ष युएईविरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments