अमेरिकामा आक्रमण: एक जनाको मृत्यु, २ घाइते

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । अमेरिकाको सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी आरधनास्थललाई एक बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा १ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

यहुदीहरुले अराधनास्थलमा ‘पासओभर पर्व’ मनाइरहेका बेला बन्दुकधारीले गोली चलाएको फक्स न्युजले जनाएको छ । पासओभर यहुदीहरुको ठूलो पर्व हो ।

प्रहरीले १९ वर्षीय एक किशोरलाई पवेबाट पक्रेको छ ।

यहुदीमाथि किन आक्रमण भयो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाका कारण अपराध भएको हुनसक्ने बताएका छन् ।

सान डिएडो काउन्टीका शेरिफ बिल गोरले आरोपितको सामाजिक सञ्जाल गतिविधिको समीक्षा भइरहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata