आज एक दिनै ७ वटा विधेयक पारित गर्ने तयारी

शुक्रबार, भदौ २९, २०७५



काठमाडौं । व्यवस्थापिका संसदमा आज एक दिनै ७ वटा विधेयक पारित गर्ने तयारी छ । सरकार तर्फबाट दर्जन भन्दा बढी विधेयक छलफलका र पारितका लागि पेश हुनेछन् । ६ जना विभागीय मन्त्रीले १४ मौलिक हकसम्बन्धी विधेयक पारित र छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, उद्याेग बार्णिज्य तथा आपूर्ती मन्त्री मातृका यादव, कृषि तथा पुशपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र भूमि सुधार, सहकारी तथा गरिबी निवारबण मन्त्री पद्माकुमारी अर्याललले विधेयक पेश गर्ने कार्यसूची छ ।

हिजो संसदमा समिति मार्फत पुगेका विधेयकलाई आज मन्त्रीहरुले पारितका लागि पेश गर्नेछन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ । उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, वैयक्तिक गोपनियता सम्बन्धी विधेयकबारे समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आवासको अधिकार सम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पारितका लागि सम्बन्धित मन्त्रीले पेस गर्नेछन् । जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन पनि आजै सदनमा पेस हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank