मौलिक हकसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाइने

बिहिबार, भदौ २८, २०७५



काठमाडौं । मौलिक हकसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाइने भएको छ।  सबै ऐन ३ असोजसम्म बनिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार छोटोबाट बाट ऐन पारित गर्ने बाटोमा लागेको छ । आजको प्रतिनिधिसभा बैठकमा आठ विधेयकमाथिको छलफल सुरु हुने भएको छ ।

संसदीय समितिले संशोधनसहित पारित गरेका विधेयकका प्रतिवेदन बिहीबार सदनमा पेस हुन लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानले उपभोक्ता संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यसैगरी खाद्य अधिकारसम्बन्धी विधेयक,  वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, आवासको अधिकारसम्बन्धी विधेयकबारे समितिको प्रतिवेदन सदनमा पेस हुनेछन् । त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन पनि आज सदनमा पेस गर्नेछन् ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank