आधा दर्जन विधेयक एकै पटक संसदमा, अलपत्र १९ विधेयक

सोमवार, चैत्र १२, २०७४



काठमाडौं । संसदमा एकै पटक आधा दर्जन विधेय प्रवेस पाउँदैछन् । सरकार यसअघि जारी भएका अध्यादेशलाई संसदमा प्रवेश गराउँदैछ । आज बस्ने ब्यावस्थापिका संसदको बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारितका लागि पेस गर्ने तयारी छ । चिकित्सा शिक्षा अध्यादेश भने पेस गर्ने कुनै तयारी नभएको संसद् सचिवालयले जनाएको छ ।

संसदको बैठक १ बजे बस्दैछ । अघिल्लो संसद्ले टुंग्याउन नसकेका डेढ दर्जन विधेयक फेरि सुरुकै प्रक्रियाबाट अघि बढाउनुपर्ने भएको छ । अन्य कानुनको मस्यौदासमेत नबनेको अवस्थामा निष्क्रिय रहेका विधेयक तत्काल प्रक्रिया अघि बढाएर संसद्लाई ‘बिजनेस’ दिन सकिने संसद् सचिवालयले सरकारलाई सुझाव दिएको छ ।

अब एक महिनापछि संसद्लाई सरकारले ‘बिजनेस’ दिनुपर्ने हुन्छ । त्यो अवधिसम्म एक महिनाभित्र नियमावली बनिसक्नेछ । त्यस्तै, संसदीय समितिहरू पनि गठन भइसक्नेछन् ।

यसअघिका सरकारले संसद्मा मस्यौदा दर्ता गरेका १९ विधेयक अन्तिम टुंगो नलागेकाले निष्क्रिय अवस्थामा छन् । आजको कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । आजको संसद् बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेस हुने सम्भावना बढी छ ।

सचिवालयमा दर्ता नभए पनि कार्यसूचीमा राख्ने विषयमा दलहरूबीच सहमति जुटिसकेको छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अन्योलमा परेको छ । जारीपछि ऐनसरह कार्यान्वयनमा आएको सो अध्यादेश संसद् चलेको ६० दिनभित्र पारित गर्नुपर्नेमा शिक्षा मन्त्रालयले अध्यादेशलाई सदनमा पेस गर्ने कुनै तयारी नगरेपछि अध्यादेश अन्योलमा पुगेको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank