संसद अवरोधको तयारीमा प्रतिपक्ष

मङ्लबार, असार १२, २०७५



काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

कांग्रेसले सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो ।

कांग्रेसबाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन् । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै पनि दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ । –राजधानी दैनिकबाट

246 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank