सरकारको नीति तथा कार्यक्रम जेठ १ मा, बजेट अधिवेसन आह्वान

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । संसदको दोस्रो अधिवेशन वैशाख २३ मा सुरु हुने गरी आहवान गर्दैं राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २३ गते आइतबार ४ बजे बैठक बस्ने गरी अधिवेशन आहवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद् सचिवालयका अनुसार जेठ १५ मा अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ। संसद् सचिवालयका अनुसार वैशाख २४ र २५ गते बजेटपूर्व छलफल गराउने तयारी भइरहेको छ ।

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank