चिकित्सा शिक्षा विधेयक दोस्रो पटक आज संसदमा पेश हुँदै

बिहिबार, असार २८, २०७५



काठमाडौं  । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटकसंसदमा पेश गर्ने एको छ । आजको संसद बैठकमा परिमार्जन सहित विधेयक पेश गर्न लागिएको हो । शिक्षा मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गराएको विधेयक आजको बैठकमा पेस गर्न लागिएको हो । यसअघि दुईपटक विधेयक असफल भइसकको छ ।

डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन् । सरकारले हुबहु कार्यान्वयन गर्न नसकिने बताएको छ । , सरकारले केही परिमार्जनसहित विधेयक अघि बढाइसकेको छ ।

काठमाडौं उपत्यकाभित्र पनि मेडिकल कलेज खोल्न पाउने, अस्पताल खोल्नेबित्तिकै मेडिकल कलेज सञ्चालन अनुमति पाउनेलगायत व्यवस्था विधेयकमा छ । संसद्‍मा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ । सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् ।

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank