माओवादी कांग्रेस छाडेर एमालेकै लाइनमा, सांसद निलम्बन हुने

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने विषयमा एमाले र माओवादी एकै ठाउँमा उभिएका छन् । सत्तासिन माओवादी केन्द्र कांग्रेसको साथ छाडेर एमालेकै लाइनमा उभिएको छ । दुई सत्तारुढ दल एकै ठाउँमा उभिएपछि अब निलम्बनको पक्षमा बहुमत पुग्ने देखिएको छ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र निलम्बनको पक्षमा रहेसँगै आजको प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी भएको छ ।

आज नै छलफल गरेर नियमावली पारितको तयारी गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले आज नियमावली पेस गरी पारित हुने बताए । दुई दलको शीर्ष तहमा भएको सहमतिअनुसार एमालेले दर्ता गराएको संशोधनको पक्षमा मतदानका लागि माओवादी केन्द्र पनि तयार भएको हो ।

यसअघि पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन नहुने तर सेवा सुविधा र पदीय हैसियत नपाउने गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । एमाले माओवादीको सदनमा सहज बहुमत छ । प्रतिनिधिसभामा एमालेका १२१ र माओवादी केन्द्रको ५३ सदस्य छन् । दुई दलका १७४ सदस्य छन् । बहुमतबाट नियमावली पारितका लागि १३८ सदस्य आवश्यक पर्छन् ।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank