माओवादी कांग्रेस एक ठाउँमा एमाले एक्लै, सहमति नभए मतदान

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । फौजदारी अभियोग लागेका सभासदलाई कारबाहीको दायरामा ल्याउने की नल्याउने भन्नेमा मतदान हुने भएको छ । संविधानसभाको नियमावलीमा थप्न माओवादीले अस्वीकार गरेको छ । फौजदारी अभियोग लागेका सभासदलाई कारबाहीको दायरामा ल्याउने व्यवस्थामा एमाले एक्लै परेको छ । कांग्रेस र माओवादी एक ठाउँनमा देखिएका छन् ।

समितिका ४ सदस्यले भने कुनै पनि सभासद फौजदारी अभियोगमा पक्राउ परे तत्कालैबाट सबैखाले सुविधा स्थगन हुने, अदालतले पूर्पक्षका लागि थुनामा पठाए निलम्बित हुने र अन्तिम अदालतबाट दोषी ठहर भए पदमुक्त हुने व्यवस्था राख्न सिफारिस गरेका छन् । सदस्यहरू सर्वसम्मत भए पनि समितिका संयोजक माओवादी सभासद अमृता थापाले हस्ताक्षर गर्न नमानेपछि लामो समयदेखि नियमावली संशोधन प्रक्रिया अवरुद्ध छ ।

व्यक्ति अपहरण, शरीर बन्दक र फिरौती असुलीजस्तो गम्भीर अपराधको अभियोगमा थुनामा रहेका व्यक्तिसमेत नियम नहुँदा सभासद पदमै बहाल रहेपछि संविधानसभाले नियमावली संशोधन मस्यौदा समिति बनाएको थियो । अवरोध फुकाउन बसेको मुख्य सचेतकहरूसहितको बैठकमा पनि माओवादीले फौजादारी अभियोग लागेका सभासदलाई कानुनको दायरामा ल्याउन अस्वीकार गरेको हो ।

फौजदारी अभियोग लागेका सभासदलाई कारबाहीको दायरामा ल्याउने नल्याउने विषयमा आज थप छलफल हुँदैछ । संसदको नियमावली मस्यौदा समितिमा आज छलफल हुनेछ । राष्ट्रियसभा र प्रतिनीधिसभाका नियमावली मस्यौदा समितिमा आज छलफल हुनेछ । दुईवटा समितिको बैठक आज अलग अलग बोलाइएको छ । संसद अधिवेसनको पहिलो दिन बैशाख २३ गते पेश गर्ने र ३० गते पारित गर्ने कार्यसूची रहेको छ ।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank