धनाढ्य र नेतापत्नी हेर्दा त्यागी इमान्दार पाखा लाग्न बाध्य

मङ्लबार, फाल्गुन १, २०७४



समावेशी कोटाको दुरुपयोगः संसदमा उद्योगी र नेतापत्नीको प्रतिनिधित्व

काठमाडौँ । समावेशी समानुपातिक सिद्धान्तको बहस नेपालमा लामै समय चल्यो । संविधानमै समानुपातिक समावेशी प्रतिनिधित्वको ज्ञारेन्टी पनि गरियो । तर, त्यो केवल देखावटी र मिलाएर आफुले चाहेको व्यक्तिलाई पदमा पु¥याउने माध्यम मात्र बनेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरूले छानेको नाम हेर्दा स्पष्ट हुन्छ–समानुपातिक समावेशी देखाउनका लागि मात्रै हो ।

सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै दलहरुले धनाढ्य व्यापारी र नेता पत्नीलाई सांसद बनाएका छन् । समावेशी कोटामा धनाढ्य व्यापारी र नेता पत्नी हेर्दा पार्टीमा लामो समयदेखि योगदान गरेका र त्यागी इमान्दारहरु पाखा लाग्न बाध्य भएका छन् ।

कांग्रेसले मधेसी केटाको पहिलो नम्बरमा अर्वपति विनोद चौधरीको नाम पठाएको छ । चौधरी अमेरिकाको फोब्स पत्रिकाको विश्वका धनी व्यक्तिको सूचीमा रहेका नेपालका एकमात्र खर्बपति हुन् । चौधरी ग्रुपका अध्यक्ष विनोदलाई पहिलो संविधान सभामा एमालेले समानुपातिक सभासद बनाएको थियो ।

चौधरी मात्र होइन, निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ पनि समानुपातिक सांसद बन्दैछन् । करोडपति भएकै कारण श्रेष्ठलाई कांग्रेसले आदिबासी जनजाति कोटाबाट सांसद बनाउन सूची पठायो । बैक तथा वित्तीय संस्थामा समेत उनको ठूलो लगानी छ । उनी दोस्रो संविधान सभामा पनि कांग्रेसबाटै समानुपतिक सभासद बनेका थिए ।

‘क’ वर्गका ठेकेदार जिपछिरिङ लामा पनि आदिबासी जनजातिको कोटामा सांसद बन्दैछन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामा यसअघि पनि कांग्रेसबाट सांसद बनेका थिए ।

सेन्चुरीयन ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई एमालेले समानुपातिक सांसद बनाउन सिफारिस गरेको छ । समानुपातिक चार पुरुष सांसद मध्ये उनी पनि परेका हुन् । एमालेको मधेसी कोटाबाट दुगड मात्रै पर्न सफल भए । उनी अर्वपति व्यापारी हुन् । दुगड पहिलो संविधान सभामा सदभावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सभासद बनेका थिए। २०७० सालमा उनले नव नेपाल पार्टी खोले । तर उनको पार्टीले एउटा सिट जित्ने पनि मत नल्याएपछि एमालेमा पार्टी विलय गराएका थिए ।

रारा चाउचाउका मालिक सूर्यबहादुर केसीलाई पनि कांग्रेसले सांसद बनाउन निर्वाचन आयोगमा बन्दी सूची पठाएको छ । उनी पोखराका उद्योगी हुन् । राप्रपा छाडेर केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेका केसी समानुपातिकको खसआर्य कोटाबाट सांसद बनेका हुन् ।

नेता पत्नीलाई पनि फाइदा
एमाले नेत्री सुजिता शाक्य समानुपातिक कोटाबाट सांसद बन्दैछिन् । प्रदेश नं. ५ बाट मुख्यमन्त्री बन्न लागेका एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटाबाट सामानुपातिक सांसद बन्न लागेकी हुन् । माओवादी नेता देव गुरुङकी पत्नी यशोदा पनि समानुपातिक कोटाबाट सांसद बन्दैछिन् । सुजिता जन्मजात शाक्य हुन भने यशोदा सुवेदी ।

एमालेबाट जनजाति कोटामा सांसद बन्न लागेकी तुलसा थापा एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् । माओवादीबाट समानुपातिक सांसद बन्न लागेकी शशी श्रेष्ठ माओवादी नेता लीलामणि पोखरेलकी पत्नी हुन् ।

कांग्रेसकी पार्वती डिसी चौधरी पनि समानुपातिक सांसद बन्न लागेकी छिन् । उनलाई थारु महिला कोटामा पहिलो नम्बरमा राखेर कांग्रेसले बन्दसूची आयोगमा पठाएको छ । उनको जन्मथर डिसी अर्थात क्षेत्री हो ।

748 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank