नियम निलम्बन गरेर फास्ट ट्रयाकबाट मौलिक विधेयक पारित

आइतवार, भदौ ३१, २०७५



काठमाडौं । मौलिक हक कार्यान्वयन गर्न बनाउनु पर्ने सबै विधेयक छोटो बाटोबाट पारित गरिने भएको छ । नियम निलम्बन गरेर भएपनि दुई दिनभित्र विधेयक पारित गर्नेगरि प्रक्रिया अघि बढार्इएकाे छ । भोलीसम्म संघीय संसदले मौलिक हक सम्बन्धि विधेयक पारित गर्नेछ । असोज २ सम्म १५ वटा विधेयक पारित गर्नु पर्ने सरकारलाई बाध्यता छ ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्न समय लाग्ने भएपछि संसोधन राख्ने समय ७२ घण्टाबाट घटाएर १२ घण्टा कायम गर्न नियम निलम्बन गरिएको हाे। सरकारले प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा ४ वटा विधेयक दर्ता गरेको थियो ।

राष्ट्रिय सभामा दर्ता भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संसोधन विधेयक र वातावरण संरक्षण पहिलो संशोधन विधेयक दुबै सदनबाट पारित भइसकेको छ । त्यस्तै शुक्रबारको बैठकले वैयक्तिक गोपनीयता, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संशोधन विधेयक पारित भएको हो । यी विधेयकहरु आज राष्ट्रिय सभामा टेबल हुँदैछ ।

भोलिसम्म १५ वटै विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयलमा पठाइसक्ने योजना रहेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank