माघ १ बाट नमूना जनगणना,शिक्षक नखटाइने

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं । हरेक १० वर्षको एक पटक लिइने राष्ट्रिय जनगणनाको नमूना माघ एक गतेबाट हुने भएको छ ।  केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिएको हो । सही तथ्यांक ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

प्रत्येक प्रदेशका दुई–दुई जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६ सय १० घर परिवार सहभागी हुने विभागको अनुमान गरेको छ ।
नमूना जनगणनाका लागि सुपविेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १ सय २२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ ।

यस वर्षबाट विभागले शिक्षकहरुलाई गणकको रुपमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक समेत गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata