समाजवादी पार्टीले चयन गर्यो राष्ट्रियसभाका उम्मेदवार

आइतवार, पुस २०, २०७६



काठमाडौं । समाजवादी पार्टीले माघ ९ गते हुने राष्ट्रियसभाका उम्मेदवारहरूको टुङ्गो लगाएको छ । उम्मेदवारहरूको मनोनयन गर्ने दिनमा समाजवादी पार्टीले राष्ट्रियसभाका उम्मेदवारको टुङ्गो लगाएको हो ।

पार्टीले प्रदेश-१ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस्तै प्रदेश- २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादव तथा प्रदेश- ५ मा कृष्णप्रसाद यादव उम्मेदवार चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । समाजवादी पार्टीले प्रदेश नम्बर दुईमा नेपाली काङ्ग्रेससँग तालमेल गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments