सःमिल सञ्चालकद्वय पक्राउ

शनिबार, चैत्र १०, २०७४



कञ्चनपुर । बेलौरी नगरपालिका १० भुडामा शुक्रवार साँझ ठुलो परिणाममा अवैध काठसहित सःमिल सञ्चालक पक्राउ परेका छन् ।

एकसठ्ठी थान अवैध सिसौका गोलियासहित सःमिल सञ्चालक भुपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआइटी टोली र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले काठसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ । सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भुपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले जानकारी दिए।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सञ्चालक माथि वन ऐन अन्र्तगत कारवाही गरिने बताए ।

54 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank