सरकारको कामको समीक्षा गर्ने बेला भएको छैनः अध्यक्ष थापा

शुक्रबार, असार १५, २०७५



नेपालगञ्ज ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।”

अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको एकता नहने बताउँदै  राप्रपा प्रजातान्त्रिकसँग एकता प्रक्रिया पुनःअघि बढाएको बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले निर्वाचनमा पराजय व्यहोरेपछि आफ्नो पार्टी अहिले संगठन विस्तार, जनपरिचालन, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियानमा सक्रिय रहेको बताए ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank