प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्झौता

आइतवार, मंसिर २९, २०७६



काठमाडाै । आइतबार प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेल स्थित जावलाखेल युवाक्लबिच प्रभु बैंक लि. जावलाखेल युवाक्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

ललितपुर जिल्ला झम्सिखेल स्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवाक्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले  एक  समारोहकाबीच हस्ताक्षर गरेका हुन ।

जावलाखेल युवाक्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवाक्लबको मुख्य प्रायोजक प्रभु बैंक लि. रहनेछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवाक्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवाक्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक लि. रहनेछ । जावलाखेल युवाक्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक लि. जावलाखेल युवाक्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवाक्लबले प्रभु बैंक लि. मा आफ्नाे नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवाक्लबको खेलकुद मैदानमा प्रभु बैंक लि. को ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवाक्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउने छन् । जावलाखेल युवाक्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंक लि. को विज्ञापन प्रशारण गर्नेछ ।

प्रभु बैंक लि. र जावलाखेल युवाक्लबविच सम्पन्न यस सम्झौताले जावलाखेल युवाक्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्चमनो बलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments