सुदूरपश्चिमका ९० प्रतिशत चिकित्सकले रोजे संघ, सेती अञ्चल अस्पतालमा २ जना मात्र डाक्टर

आइतवार, चैत्र २४, २०७५

- पदम राज भट्ट



कैलाली । सरकारी डाक्टरहरू संघीय सरकारमै समायोजन भएसँगै सुदूरपश्चिमप्रदेश डाक्टर विहीन हुने भएको छ । प्रदेश भरी रहेका झन्डै ९० प्रतिशत डाक्टरको संघीय सरकारमा समायोजन भएको छ । सुदूरपश्चिमप्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा हाल कार्यरत १५ जना सरकारी डाक्टर मध्य १३ जना संघमै समायोजन भएका छन् । दुईजनाले मात्रै प्रदेश रोजेका छन् । डा. खगेन्द्र भट्ट र जगदीश जोशीले मात्रै प्रदेश रोजेका हुन् ।

हाल सम्म दरबन्दी अनुसार डाक्टर नपाइरहेको अस्पतालबाट भएका चिकित्सक पनि समायोजन भएसँगै झनै लथालिङ्ग हुने भएको छ । संघीय सरकारले गरेको समायोजन अनुसार सुदूरपश्चिम डाक्टर विहीन बन्ने सेतीअञ्चल अस्पतालमा कार्यरत डाक्टर कपिल गौतमले बताए । सरकारले हतारमा सहमति विपरीतको निर्णय गरेको उनले बताए । उनले भने, ‘प्रदेश र स्थानीयतहमा समायोजन हुने चिकित्सकले एउटै ठाउँमा सेवा गर्नु पर्ने, सरुवा हुन नपाउने र पढ्न पनि नपाउने गरी प्रदेश र स्थानीय तहमा समायोजन चिकित्सक माथि समायोजन नीतिले विभेद गरेको छ ।’ तर सङ्घमा समायोजन हुने चिकित्सकहरू मुलुकभरि नै सरुवाहुनपाउने र उनीहरू स्वास्थ्य सचिव, उपकुलपति सम्म पाउने व्यवस्था गरिएको छ । समायोजन नीति स्पष्ट नभएको उनको तर्क छ ।

सरकारी चिकित्सक  संघ  र नेपाल चिकित्सक  संघले भने मुलुकको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई सङ्घले नै चलाउने पर्ने माग सहित आन्दोलन थालेका छन् । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश संयोजक डाक्टर प्रमोद जोशीले मुलुकको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई संघले नै चलाउने पर्ने बताए ।उनले सरकारले ल्याएको समायोजन नीति दुर्गममा बसेका चिकित्सकलाई दुर्गममा राखी राख्ने र सुगममा बसेका चिकित्सकलाई सुगम राखी राख्ने विभेदकारी नीति रहेको दाबी गरे ।

विभेदकारी सरकारी नीति विरुद्ध आज सेतीअञ्चल अस्पतालमा सांकेतिक रूपमा विरोध जनाइएको उनले बताए । आइतबारबाट अस्पतालको सबै सेवा ठप्प गरेर आफूहरू आन्दोलनमा उत्रिने उनले बताए ।हाल सम्म दरबन्दी अनुसार डाक्टर नपाइरहेको सेती अञ्चल अस्पतालबाट भएका चिकित्सकपनि समायोजन भएसँगै झनै लथालिङ्ग हुने धेरैको बुझाई छ ।

तर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने अर्को विकल्प नभए सम्म डाक्टरहरूले सेतीमै सेवा प्रदान गर्ने बताए । अञ्चल अस्पतालको कुनै सेवा प्रभावित नबन्ने उनको भनाई छ । उनले भने, समायोजन भएको आधिकारिक पत्र हामी समक्ष पुगेको छैन । समायोजन जहाँ भएपनि हाल कार्यरत डाक्टर अर्को विकल्पनभए सम्म कहीँ जानु हुन्न । सेवा प्रवाहमा कुनै समस्या नहुने उनले दाबी गरे ।

के भन्छ प्रदेश सरकार ?

प्रदेश मातहत रहेका सरकारी अस्पतालका डाक्टरहरूलाई सङ्घीय सरकारले आफु मातहत राखेको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह डाक्टर विहीन जस्तै वनेका छन् । तर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले डाक्टर समायोजनका कारण प्रदेशको स्वास्थ्य संस्थामा कुनै समस्या नआउने दाबी गरे । प्रदेशमा डाक्टर व्यवस्थापनका लागि मन्त्रालयले तयारी थालेको उनले बताए । उनले भने संघमा समायोजन भएका डाक्टरहरू तत्काल जानु हुन्न त्यसमा अस्पताल विकास समितिबाट राखिएका डाक्टरहरू छन् त्यस कारण प्रदेशको स्वास्थ्य क्षेत्रमा कुनै समस्या आउँदैन उनले दाबी गरे । दरबन्दी अनुसार डाक्टर पुर्याउने अभ्यास थालिरहेको उनले बताए ।
सेती अञ्चल अस्पतालको दुर्दशा !

संघिय सरकारले हस्तान्तरण गरेको एक वर्ष बित्दा पनि प्रदेश सरकारकाे वेवास्ताका कारण सेतीअञ्चल अस्पतालको दुर्दशा भएको छ । बिगतमा केन्द्र सरकारको मातहतमा रहेको सेती अञ्चल अस्पताल मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारको मातहतमा आएको हो । अस्पतालको स्तरोन्नती, चिकित्सकको दरबन्दी, बजेट, सेवातथा गुणस्तर बृद्धिका लागिचासो लिनुपर्ने प्रदेश सरकार उदासिन भएकै बेला कर्मचारी समायोजन पछि झण्डै डाक्टर बिहिन भएको छ । समायोजनपछि अस्पतालमा रहेका १५ जना डाक्टर मध्य १३ जनाको संघमा समायोजन भएका  छन् । सेती अञ्चल अस्पताललाई संघको मातहतमा राख्नुको बिकल्पनभएको चिकित्सकहरुको भनाई छ ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयले बिगत लामो समयदेखि केन्द्र सरकारले दिनुपर्ने आमा सुरक्षा,सामाजिक सेवा ईकाईको रकम नआएपछि उधारोमा चलेको बताए । आर्थिक अभावको चरम समस्या झेलिरहेको सेती अञ्चल अस्पताल समायोजनपछि चिकित्सकको पनि अभाव झेल्ने निश्चित भएको डा. पाण्डेय बताए ।  सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेट तथापूर्व अध्यक्ष डा. गणेश बहादुर सिंह प्रदेश सरकारका हातबाट सेतीअञ्चल अस्पताल सञ्चालनगर्न सक्ने अवस्था नरहेकोले यसलाई संघकै मातहतमा राख्नुपर्ने सुझाव दिनुहुन्छ ।आफै अलमलमा रहेको प्रदेश सरकारबाट सेतीअञ्चल अस्पताल सञ्चालन हुन नसक्ने डा.सिंहको ठहर छ ।

कुनै पनि क्षेत्रले सहयोग नगरेका कारण अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको मनोबल अत्यन्त खस्किएकोले पहिले उनीहरुको मनोबल उकास्न सबै पक्षको सहयोग आवश्यकभएको बरिष्ठ स्त्रीतथा प्रसुती रोग बिशेषज्ञ डा. सिंह बताए । समायोजनलाई लिएर असन्तुष्टी जनाउदै आन्दोलनरत चिकित्सकहरुको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका अध्यक्ष वरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. प्रमोद जोशी सेतीअञ्चल अस्पताललाई संघको मातहतमा राखे अधिकांश समस्याको समाधान हुने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank