कार्यक्षेत्रमा नजाने कर्मचारी बर्खास्थ, काज खारेज–कार्यालय समयमा राजनीति गरे कारवाही

आइतवार, चैत्र ११, २०७४



काठमाडौं । सरकारले कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्ने भएको छ । आज आइतबार नजाने कर्मचारीको लगत हेर्ने र सोमबारबाट कारवाही प्रक्रिया सुरु गर्ने सरकारको तयारी छ । संघीय मामिलातथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज विादको दिनभएपनि त्यसमा काम भइरहेको बताए । उनले सोमबारदेखि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निजामती ऐनअनुसार कार्वाहीगरिने बताए ।

मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको र बाँकी कर्मचारी पनि कार्यक्षेत्रमा जाने बताए । ‘जो कार्यक्षेत्र पुगेका छैनन्, उनीहरुको लगत आइतबार हेरिन्छ’ मन्त्रीले भने, ‘आज बिदा परेकाले भोलि सोमबारदेखि कारवाही हुनेछ ।’ राष्ट्रसेवक कर्मचारीले पालना गर्नुपर्ने ९ बुँदे नयाँ नियम तयार पारेको मन्त्रीले नेपालपाटीलाई जानकारी दिए ।

तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई सरकारले बर्खास्त देखि कर्मचारीको आत्मसम्मान सम्मका विषय त्यसमा राखिएको छ । मन्त्रालयले बनाएको नयाँनियममा एक हप्ताभित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली मागाउने र कारवाहीगर्ने , सरुवा गरेपछि नमान्ने कार्यालय प्रमुखलाई पनि कार्यवाही गरिने उल्लेख छ ।

ट्रेड युनियनको कामकार्यालय समय भित्रगर्न नपाईने, कार्यालय समयमा ट्रेड युनियनको काम गरेमा कार्यवाही गरिने, सम्पुर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउनेरहेको छ । स्वैच्छिक अवकाश मानसिक रोगीभै कामगर्न नसक्ने र असक्तको लागिमात्र व्यवस्था गरिने लगायतका आचारसंहिता तयार गरिएको छ ।

अहिले काजमा मात्रै ५ सय भन्दा बढी कर्मचारी रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय, भौतिकपूर्वाधार मन्त्रालय, सडक विभाग, शान्ति, भूमिसुधार, युवातथा खेलुकद मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलाई काजमा खटिएका कर्मचारकिो विबरण मागिएको छ ।

पहुँच र प्रिपेड घुसको भरमामालदार कार्यालयमा काज सरुवा भएका त्यस्ताकर्मचारीहरू कतिपय मन्त्रालयबाट काज फिर्ता हुन अटेर गरेकाले त्यसलाई पनि कडाई गर्न लागेको मन्त्री पण्डितले दावी गरे । सामान्य मन्त्रालयका अनुसार, सबैभन्दा धेरै काजमा खटिएका मन्त्रालयहरूमा संघीय मामिलातथा स्थानीयविकास, गृह मन्त्रालय, भौतिकमन्त्रालय हुन् । १८ वटै मन्त्रालयलाई पत्रचार गर्दै हप्तादिन भित्रमा तहतका निकायमा काजमा रहेका सबै कर्मचारीको काजफिर्ता गरी त्यसको जानकारी सामान्यलाई दिन सर्कुलर पठाइदैछ ।

किताबखानामा उल्लेखित विवरण अनुसार संघीय मामिलातथा स्थानीयविकास मन्त्रालयमातहत २०६९ देखि काज रोज्नेहरूमा उपसचिवमात्रै आधादर्जन बढी छन् । नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा २०७१ देखि अहिलेसम्म शाखा अधिकृत तथा अध्यागमन अधिकृत मात्रै २ दर्जनभन्दा बढी काजका रुपमा खटिएको पाइएको छ ।

कर्मचारी नियमावलीनियम अनुसार ३ महिनासम्म काजमा खटाउने चलन छ । तर, कर्मचारीहरूले काजको अवधिथप्दै वर्षौंसम्मपनि आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् ।

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank