समाजवादका जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

शनिबार, बैशाख २९, २०७५



पाँचथर ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन ।

सदरमुकाम फिदिममा शनिबार बिहान कुरा गर्दै उनले भने “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उनले औल्याए । काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पुर्याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उनले बताए।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank