सहमति पश्चात कृष्णनगरको तनाव हट्यो,कर्फ्यू भने जारी

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । लक्ष्मी माताको मूर्ति विसर्जन गर्नेक्रममा कपिलवस्तुको कृष्णनगरमा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ । विहिबार मूर्ति विसर्जनको क्रममा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू जारी गरेको थियाे

। कर्फ्यूलाई अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सुरजकुमार पाण्डेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

प्रदर्शनकारी र प्रशासनबीच भएकाे सहमति अनुसार, प्रहरीले मुर्ती विसर्जन गरेको छ ।  प्रदर्शनकारीले मृतकलाई राहतको माग गरे पनि पाण्डे भारतीय नागरिक भएकाले यसबारे कुनै निर्णय हुन नसकेको प्रहरीले जनाएको छ ।अहिले  कृष्णनगरकाे अवस्था सामन्य भएता पनि  कफ्र्यु जारी रहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata