‘सालको पात टपरीका सर्जक माथि उल्टै मुद्दा लाग्न सक्छ’

मङ्लबार, माघ २२, २०७५

- हर्क खडायत



बाजुरा । नेपाल आईडल रवि ओडले एउटा कन्सर्ट कार्यक्रममा अहिलेको चर्चित गित सालको पात टपरी गाउदा बिगारेको भन्ने विषयमा मिडिया तथा सामाजिक सन्जालमा रवि माथि लागेको आरोपले एउटा बहसको सिर्जना गरेको छ । उक्त गीतका सर्जक तथा गीतकार बसन्त थापाले रवि ओडले आफ्नो गीत बिगारेर गाएको आरोप लगाए पछि यो विषयले उग्र रुप लिएको हो । मिडिया मार्फत आएको उक्त विवादको विषयमा पक्ष र विपक्ष भई अहिले ठुलो चर्काचर्की समेत भएको देखिन्छ ।

गीत संगितका साधकहरुले एकले अर्काको सम्मान गर्नुपर्छ । तर आफु ठिक हुँ, उसको कार्य गलत हो भन्ने मानसिकता कलाकारितामा राम्रो मानिदैन । आफ्ना कमीकमजोरी स्वीकार गर्न सक्नुपर्छ । असल हामी त्यसैलाई मान्छु । नेपाली गीत संगीतमा योगदान पनि उसैले गरेको ठहरिन्छ ।

बसन्त थापा नेपाली लोकगीतको अब्बल दर्जाका सर्जक हुन् । अहिले चर्चामा रहेको गीत सालको पात टपरी मात्रै होइन, थापाले सिर्जना गरेका यस भन्दा अघिका थुप्रै गीतहरु राम्रा छन् । चर्चित सुन्न लायक छन् । त्यस्तै रवि ओड भर्खर मात्रै दोस्रो नेपाल आईडलबाट बिजेता बनेका नव गायक हुन् । रविमा ठुलो सम्भावना छ । अहिले आफु भित्रको त्यो सम्भावनालाई बाहिर ल्याउने दौडमा छन् रवि ।

विषय– बसन्त थापाले रवि माथि आफ्नो गीत बिगारेर गाएको र सोही विषयले फैलिएको संशयको हो । रवि ओडले बसन्त थापाको गीत सालको पात टपरी एउटा विदेशमा भएको कन्सर्ट कार्यक्रममा गाएका थिए । नैतिक हिसावले एक जना सर्जकले अर्काको सिर्जना प्रस्तुत गर्नुपर्दा प्रस्तुती अघि यो सिर्जना यो सर्जकको हो भनी सम्झनु पर्ने कुरा प्रस्तुतीमा बिर्सनु हुँदैन । किनकी नेपालमा धेरै जसो सर्जकहरु सम्मानमा नै बाँचेका छन् । उसको सिर्जना गाएर मञ्चबाट गडगडाहट तालीको अपेक्षा साँच्ने कलाकारले त्यो सिर्जनाको सर्जकलाई बिर्सनु हुँदैन । सर्जकको सम्मानमा साँच्चै खडेरी छ नेपालमा ।

रवि ओड नवगायक हुन् । रविले यो यो गीत गाउने बेला बसन्त थापाको नाम सम्झनु पर्नेमा बिर्सेका छन् । जुन कुरा रवि स्वयमले बसन्त थापासँगको गोप्य वार्ता मार्फत माफी मागी सकेका छन् । सिक्दै गर्दा गरुला सोचेका कुरा स्टेजमा उक्लदा छुट्छन् कहिले, यसलाई स्वभाविक मान्नु पर्छ । तर जानी जानी नियतवस छुटाउनु सिर्जना र सर्जक माथिको अन्याय हो ।

गोपनीयतामा नैतिकता जोडिएको हुन्छ र यसलाई सुरक्षित गर्न सकिएन भने व्यक्तिको प्रतिष्ठा गुम्ने खतरा हुन्छ भन्ने हेतुले नै गोपनीयताको विषय संविधान मार्फत सुरक्षित गरिएको हो । तर रवि ओडले माफी मागेको गोप्य वार्तालाप यसरी मिडिया मार्फत बाहिर ल्याउन हुन्छ की हुँदैन भन्ने विषयलाई यहाँ ध्यान दिईएको छैन । बसन्त थापाको भनाईलाई नै हेर्ने हो भने पनि रवि ओडले सालको पात टपरी गीत बिगारेर गाएको छैन । उनले गाउँदा शब्द छुटाएका छन् । शब्द छुटाउनुलाई बिगार्नुको अर्थमा बुझ्नु हुँदैन । फेरि हजारौँ दर्शकको आग्रह पछि तयारी बिना सो गीत स्टेजमा गाउन बाध्य बनेको कुरा रविले मिडिया मार्फत नै स्पष्ट पारि सकेका छन् । उनको यो स्वीकारोक्तीबाट रविले गलत मनसाय तथा गीतप्रति नराम्रो भ्रम फैलाउने उद्देश्यले गाएको होइन भन्ने बुझिन्छ ।

यति हुँदाहुँदै पनि रविले माफी मागेको कुरा समेत बाहिर ल्याउनुको पछाडी बसन्त थापाको नियत सफा छैन भन्ने देखिन्छ । बसन्त थापाले लगाएको आरोपसँगै माफी माग्दा माग्दै सोही विषय बाहिर ल्याउनुले रवि ओडको बेइज्जती फैलाउनु र लाखौँ दर्शकका अगाडी रविको नियत खराव देखाउनु हो । यहाँ रविको गल्ती केही छैन । गल्ती बसन्त थापाले गरे बरु । कसैको बेइज्जती हुने किसिमले, कसैप्रति नराम्रो भ्रम र आशंका फैलाउने किसिमले कार्यव्यवहार गर्न पाईदैन, यसलाई कानूनले दण्डनिय बनाएको छ ।

रवि ओडले आफ्नो कमजोरीलाई मिडियाका अगाडी स्वीकार गर्न सक्ने तर बसन्त थापाले रविको यो बेइज्जती गरेको कुरालाई माफी माग्नु पर्ने की नपर्ने रु एउटा सामाजिक पहिचान बनाई सकेको व्यक्तिका विरूद्ध बेइज्जती फैलाउने गरि भएको यो कार्य गैरकानूनी छ । सालको पात टपरीका सर्जक बसन्न थापा माथि यो विषयमा उल्टै मुद्दा लाग्न सक्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank