संवैधानिक अंगका प्रमुखहरुकाे तलब वृद्धि

बुधबार, भदौ ११, २०७६



काठमाडौं। सरकारले प्रधानन्यायाधीश सहित संवैधानिक निकायका पदाधीकारीहरुको तलब बढाएको छ ।

गत आइतबार बसेको मन्त्रीपरिषदको बैठकले न्याय क्षेत्र सहित संवैधानिक पदाधीकारीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालयका अनुसार प्रधानन्यायाधीशले ८६ हजार ९ सय ५० रुपैयाँ र न्यायाधीशहरुको भने ७१ हजार ९ सय ५० रुपैयाँ मासिक तलब पाउने भएका छन । महान्यायाधिवक्ताकाे समेत  ७१ हजार ९ सय ५० ताेकेकाे छ ।

त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशले ६८ हजार १ सय ८० रुपैयाँ पाउनेछन्।  अदालतका न्यायाधीशले ६४ हजार ४ सय २० ,जिल्ला न्यायाधीशले ५४ हजार ४ सय ३०, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तले ६८ हजार १ सय ८० र पदाधिकारीले ६४ हजार ४ सय २० रुपैयाँ पाउनेछन्।

संसदको महासचिवले ६५ हजार एक सय ४० र सचिवले ६० हजार ६ सय ८० रुपैया पाउने गरि तलब वृद्धि गरेको छ ।

कसले कति पाउने छन तलब  ? लिष्ट सहित

suprem court

su

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata