स्थानीय निकायसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा साझा यातायात

शुक्रबार, चैत्र ९, २०७४



ललितपुर । साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ । साझाले यसअघि नै काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताए । साझाले अहिले काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उनले बताए । उनले भने, “हामीले अहिले दुईवटासँग सहकार्य गरिसकेका छौंँ र आगामी दिनमा अरुसँग बढाउँदै जाने लक्ष्य छ ।”

साझामा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ । सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ । उनी भन्छन्, “निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रको लगानी अझै बढ्न सक्छ ।”

साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा छन् । अघिल्लो महिनाबाट साझाले अपांगतामैत्री ‘सेमी लो–फ्लोर’ बस समेत शुरु भएको छ ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank