अर्थ मन्त्रालयमा रोकियो भारतलाई तिर्ने सैन्य ऋण

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौँ । नेपालले सेनाका लागि ०६२/६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ ।

रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ ।

गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको थियो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank