स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

शुक्रबार, जेष्ठ ३०, २०७७



काठमाडौं । स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् ।

उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन् ।

सैनिक अस्पतालमा कार्यरत १ अधिकृतका अनुसार ड्युटीमा बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातीमा गोली हानेका हुन् ।

दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भएका बझाङको सुर्मा गाउँपालिका-५ घर भएका विष्ट छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments