सहुलियत कर्जा कार्यक्रम शुरु- कर्जा पाउन के गर्नु पर्छ ?

बिहिबार, पुस २६, २०७५

- प्रकाश सिंह



बाजुरा । राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले पनि सहुलियत कर्जा कार्यक्रम शुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक केन्द्रको कार्यक्रम अनुसार बाजुरामा पनि यो कार्यक्रम लागु गरिएको राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाका प्रबन्धक जितजंग सिंहले बताएका छन् ।

सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशतले ब्याज अनुदान दिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तो ब्याजमा प्राप्त गर्न सकिने राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले जनाएको छ ।

आर्थिक अबस्था कमजोर भएकालाई ब्यबसाय गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिका स्थानिय प्रसाद खड्काले बताए । राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा शुरु भएपछि आफुले पनि बाख्रापालान ब्यबसाय गर्ने योजना बनाएको खड्काले जनाएका छन् । उनले आफ्नो व्यवसायको निम्ती १५ लाख ऋण समेत स्वीकृत भइसकेको बताए ।

बाजुरा देशकै सबै भन्दा बढि गरिबी जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशत र गरिबि निबारण कोषले निकालेको पछिल्लो तथ्याङ्कमा ७१ प्रतिशत गरिबि दर देखाएको छ । यहाँको युवा शक्क्ति भारततिर पलायन हुनेको संख्या पनि ठुलो रहेको छ । यो कार्यक्रमले बाजुरामा केही हदमा गरिबी न्युनिकरण र व्यवसायमा सहयोग पुग्ने उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायले जनाएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैकले जनाए । राष्ट्रिय वाणिज्य बैंक प्रबन्धक सिंहका अनुसार सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

यसै सेरोफेरोमा रहि राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाका प्रबन्धक जितजंग गरिएको कुराकानी

सहुलियत कर्जा भनेको के हो ?

नेपाल सरकारले निश्चित ब्याज प्रतिशत अनुदान दिने गरी उपलब्ध गराईने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।  बेरोजगार युवाहरुलाई सम्बोधन गर्ने खालको योजना हो । यसले व्यवसायिकतामा जोड दिएर बेरोजगारीकाे सख्यामा कमि ल्याउनुका साथै गरिबी न्यूनिकरणमा जोड दिने गर्छ ।

यसको उद्देश्य के हो ? यो कस्तो ब्यक्ति वा वर्गले पाँउछन् ?

नेपाल सरकारले कृषि तथा पशुपन्क्षीजन्य क्षेत्रको व्यवसाय प्रबद्र्धन गरी उत्पादन एवं रोजगारी अभिबृदि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसर श्रृजना गर्न, बिदेशबाट फर्केका युवालाई बिदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपभोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने एउटा सहुलियतपूर्ण योजना हो ।

यसबाट महिला उद्यमशील क्षमताको विकास गर्दै, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रबद्र्धन गरी उद्यमशीलता विकास गर्न भरपुर सहयोग गर्नेछ । आर्थिक रुपमा बिपन्न, सिमान्तकृत समुदाय तथा लक्षित बर्गका बिद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा अध्ययानका लागि शैक्षिक ऋण उपलब्ध गराउनु नै यस कर्जाको मुख्य उदेश्य हो ।

कर्जा पाउने प्रक्रिया के हो ?

यो कर्जा लिनका लागि आफुसंग भएको सीप तथा दक्षता संग सम्बन्धित आफुले गर्न चाहेको ब्यवसायिक योजना सहित राष्ट्रिय बाणिज्य बैंकको जुनसुकै शाखा कार्यालयमा गई यस कर्जाको प्रक्रियामा जान सकिन्छ ।

लगानीको आधार के हो ?

यो कर्जा लगानीको मुख्य आधार नै ग्राहकले गर्न खोजेको पेशा, ब्यवसाय र निजले गर्न खोजेको ब्यवसायिक योजना नै हो । यो कर्जाको ब्याजको सम्बन्धमा बैकको बेस रेट मा २ प्रतिशत प्रिमियम जोडि जम्मा ब्याज कायम हुन्छ ।

बैकको बेस रेट ६.३३ प्रतिसत भएकाले, हाम्रो बैकको सन्धर्भमा बार्षिक ब्याजदर बेस रेट ६.३३ मा २ जोड्दा ८.३३ प्रतिसत हून आउछ त्यसमा ५ प्रतिसत नेपाल सरकारले अनूदान उपलब्ध गराउने हुदा ग्राहकले तिर्नू पने ब्याज जम्मा ३.३३ प्रतिसत हून आउछ अझै महिला ब्यवशायिको हकमा थप १ प्रतिसत थप अनुदान घटाउदा महिला उद्यमीले तिर्नु पर्ने ब्याज २.३३ प्रतिसत मात्र हुन आउछ ।

सहुलित कर्जा कति ब्याजमा पाँउछन् ?
कर्जा अवधि परियोजना अनुसार निर्धारण गर्छ  ।कार्यक्रमकाे प्रकृती हेरेर निर्धारण गरिन्छ । कार्यक्रमको स्क्रिममा भर पर्छ ।

बाजुरामा लागु भईसकेको हो, या कहिले सम्म लागु हुन्छ ?

यो कर्जा हाम्रा सबै शाखा कार्यालयहरुमा लागु भई सकेको हो बाजुरा शाखाको त एउटा कर्जा स्वीकृत नै भईसकेको अन्य केही फाइलहरु प्रक्रियामा रहेका छन् ।
बाजुरा देशको सबै भन्दा बढि गरिब जिल्ला हो यसले के सहयोग पुयाउछ ?

सुचाङ्कको हिसाबले बाजुरा मा गरिबी देखिएको भएता पनि प्रयाप्त श्रोत , साधन र संभावना भएकाले यो कर्जाले ईच्छाशक्ति भएका आम बाजुरालीलाई यो कर्जा सहयोग पुरयाउछ ।

जग्गा जमिन नहुने सुकम्वासी परिवारले पाउछँन कि पाउँदैनन ?
यो कर्जा लिदा जग्गा जमिन धितोमा नलिई उक्त ग्राहकले गर्ने परियोजना नै धितो रहने र पारिवारिक जमानी मात्र लिईने हुदा जग्गा जमिन नभएकाले पनि यो कर्जा पाउन सक्छन् ।
बाणिज्य बैकको पहुँच नभएका जनताले कसरी सेवा लिन सक्छन् ?
अबको डिजिटल समयमा सबैठाउँमा यो कार्यक्रमका बारेमा प्रचार प्रसार भैसकेको छ । सञ्चार माध्यममा बाट पनि प्रचार प्रसार भइरहेको छ । ग्रामिण क्षेत्रमा पनि यसको व्यापक प्रचार प्रसार भइरहेको छ ।
यो कर्जाको सदुपयोग हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
सदुपयोग हुने निश्चित गरेर मात्र लगानी गरिने हुँदा यो कर्जाको सहि सदुपयोग हुन्छ । हामीले लगानी गर्दा सबै योजनाहरु मागेर त्यहि अनुसार मात्रै गरेका छौ । लगानी गरेसके पछि अनुगमन निरक्षण भर्इरहने भएकाले ढुक्क नै छाै‌ ।

के यो योजनाले बेरोजगार कम हुन सक्छ ?

पक्कै पनि यो सेवाले बाजुराका युवालाई ठुलो सहयोग पुग्ने देखिन्छ । आर्थिक श्रोतको अभाव भएका तर देशमै केही गरौ भन्ने र काम गर्ने ईच्छाशक्ति भएका बेरोजगार युवा शक्तिलाई समेत जोड दिने योजना भएकाले बेरोजगारी युवामा कमी आउनुका साथै सो देशमै रोजगारी सिर्जना हुनेमा ढुक्क छौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank