साहित्यकार र कलाकारलाई परिचय कोश परिमार्जन तथा प्रकाशनसम्बन्धी सूचना

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार र कलाकारलाई परिचय कोश परिमार्जन तथा प्रकाशनसम्बन्धी सूचना निकालेको छ ।

साहित्यकार कलाकार परिचय कोशमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति दर्शन शास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, अर्थशास्त्र, विज्ञान, कला, नृत्य, सङ्गीत र अभिनय लगायत विभिन्न विधाका प्रतिभाहरूको विवरण समावेश गरी अद्यावधिक गर्ने र सोको डिजिटल एवम् मुद्रत प्रति तयार गर्ने उद्येश्यका साथ परिमार्जन र प्रकाशन प्रक्रिया अगाडि बढाइएकाले प्रस्तुत सूचना निकालिएको हो ।

साथै, प्रतिष्ठानले २०७७ असार १५ को अन्तिम मिति तय गर्दै सबै लेखक, कलाकार र संस्थालाई आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ ।

आवश्यक सूचनाकोे लागि तल रहेको फारम हेर्न सकिनेछ ।

Image may contain: text

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments