वासु शशी पुरस्कार जोशी, शर्मा र प्रेरणालाई

बिहिबार, फाल्गुन १०, २०७४

काठमाडौँ । वासु शशी स्मृति परिषद्ले कवि कृष्ण जोशीलाई ‘वासु शशी साहित्य सम्मान–२०७३’ र साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ । दुवै स्रष्टाले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर योगदान पु¥याउँदै आएका छन् ।

यसैगरी कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई ‘वासु शशी साहित्य पुरस्कार–२०७३’ र साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई ‘वासु शशी साहित्य सम्मान–२०७४’ प्रदान गर्ने भएको छ । ती सम्मान र पुरस्कारको राशि जनही १५ हजार छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिकोे बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई पुरस्कार दिने निर्णय गरेको परिषद्का सचिव प्रद्युम्न जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कवि एवं नाटककार वासु शशीको ८२ औँ जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते सो पुरस्कार प्रदान गरिने भएको छ ।

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank