प्रसिद्ध साहित्यकार रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना

सोमवार, जेष्ठ १४, २०७५



काठमाडौं । सरकारले प्रसिद्ध साहित्यकार तथा रचनाकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आईतबार राती अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी बैठक पछि संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दिए ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले यस अघि स्वेच्छिक अवकासमा जान चाहने निजामती कर्मचारीहरुले आफ्नो आवेदन फिर्ता लिन चाहेमा त्यसलाई फिर्ता लिने व्यवस्था गर्ने निर्णय गरेको समेत जानकारी दिंदै मन्त्री बास्कोटाले नीति तथा कार्यक्रमलाई सर्वसम्मतरुपमा पारित गर्न सहयोग गर्ने सम्पूर्ण सांसदहरुलाई धन्यवाद दिने निर्णय बैठकले गरेको पनि बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम नियमावली २०७५ लाई पनि स्वीकृत गरेको छ भने शिक्षाको अधिकार सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती समेत प्रदान गरेको छ ।

संचार राज्यमन्त्री बास्कोटाका अनुसार २०७४ साल साउन ८ गते चितवनको इच्छा कामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा दिवंगत भएको ४ जना प्रहरी कर्मचारीहरुका परिवाारलाई जनही १० लाखका दरले आर्थिक सहायता समेत उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

436 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank