मुआब्जा नपाएको भन्दै स्थानियद्वारा साँफे मार्तडी सडक अवरुद्ध

सोमवार, चैत्र १९, २०७४



बाजुरा । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने तिपाडामा स्थानीयले सडक अवरुद्ध गरेका छन् । तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफल विषयमा रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेपछि जग्गा धनीले बाटो नै बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्दा दिने सहमति भएपछि अहिलेसम्म नदिएपछि अनिश्चित कालिन बन्द गरिएको जग्गा धनीले बताएका छन् । यस अघि जिल्ला स्तरीय सर्वपक्षिय बैठकले नै मुआब्दा दिने निर्णय गरिसकेको भएपनि उपलब्ध गराउन भने ढिलाई गरेको छ ।

तिपाडामा स्थानीय पर्खाल र तार बार सहीत बन्द गरेका छन् । स्थानीय जग्गा धनीको संलग्नतामा बन्द गरिएको हो । सडक अवरुद्ध गरिएपछि दर्जनौ सवारी साधानका यात्रुहरु तिपाडामा अलपत्र परेका छन् । जिल्ला बाहिर जान र आउन लागेका दुबै तिरका यात्रुहरुलाई समस्या देखिएको छ ।

आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिएपनि २०७२ सालको मूल्याकंनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । सडक अवरोध खुलाउन प्रहरी टोली तिपाडा पुगीसकेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् । सुचारु गर्ने विषयमा छलफल जारी रहेको छ ।

यात्रुहरुले बन्द खुलाउने प्रयास गरिरहेपनि स्थानीयले राज्यसँगको मिति तोकेरै लिखित सहमति नभएसम्म नमान्ने बताएको पत्रकार गगन अयडीले बताए् । बाटो खुलाउने सहमतीको प्रयासका लागि यात्रामा रहेका माओवादी केन्द्रका जिल्ला इन्चार्ज सहदेब बोगटी, जिल्ला संयोजक भरत बुढा लगायत वडा अध्यक्ष तथा प्रहरी प्रशासन लागि परेको छ ।

266 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank